लागुऔषध कारोवारीको जालो तोड्दै जाजरकोट प्रहरी, बयानका आधारमा धमाधम पक्राउ
जाजरकोट, ८ भदौ
लागुऔषध कारोवारमा संलग्न थप दुई जना पक्राउ परेका छन् । जिल्लाको भेरी नगरपालिका– ४ निवासी २६ बर्षका शान्तबहादुर विक र बाँके नेपालगञ्ज उपमहानगरपालिका–१० स्थायी ठेगाना भई हाल जाजरकोट खलंगामा बस्ने २० बर्षका रमन सिंह पक्राउ परेका हुन् । यसअघि चार जना पक्राउ परेका थिए । उनीहरुकै बयानका आधारमा थप दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत साउन २५ गते लुकाइछिपाई अवैध लागुऔषध चरे...














