तमु ल्होसार शुभकामना गीत सार्वजनिक

तमु ल्होसार शुभकामना गीत सार्वजनिक
काठमाडौं, १२ पुस । गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक भएको छ । पुस १५ अर्थात् ल्होसारको खुशियाली आदानप्रदान गर्ने उक्त गीतमा गायक तथा संगीतकार पवन राना, तारा श्रीस र शिशिर गुरुङको स्वर रहेको छ । गीतको भिडियो गायक पवन राना युट्युव च्यानलबाट सार्वजनिक भएको छ । गुरुङ चलचित्रका चर्चित नायक आनन्द गुरुङ र आधा दर्जन बढी भिडियोहरुमा अभिनय गरिसकेकी...

वर्षा स्किन सीटीको सीइओमा नियुक्त

वर्षा स्किन सीटीको सीइओमा नियुक्त
नायिका वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्र्तगत रहेको स्किन सिटीको सिइओमा नियुक्त भएकी छिन् । वर्षाले जारी गरेको विज्ञप्तीमा अभिनयसँगै व्यापारिक क्षेत्रमा पनि पाइला राखेको उल्लेख छ । उनले स्किन सिटीलाई नयाँ उचाइमा लैजाने दायित्व पनि आफूसँग रहेको बताएकी छिन् । उनले, स्किन सिटीमा आफ्नो पनि केही शेयर रहेको बताएकी छिन् । चलचित्र क्षेत्रमा आफूले काम गर्दै गर्दा दर्शकले अपार माया दिएको भन्दै वर...

आज राजा वीरेन्द्रको ७६औं जन्मजयन्ती

आज राजा वीरेन्द्रको ७६औं जन्मजयन्ती
काठमाडौं । आज पुस १४ गते । स्वर्गीय राजा वीरेन्द्रको ७६ औँ जन्मजयन्ती। उनको जन्म २००२ पुस १४ गते बुवा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट भएको थियो। आज उनको सम्झनामा जन्मजयन्ती मनाउँदैछ। वीरेन्द्र २०२८ सालमा राजा बनेका थिए । उनी ३० वर्ष राजगद्दीमा बसे । आफ्नो शासनकालमा उनले पञ्चायती व्यवस्थाको सट्टा प्रजातन्त्र स्वीकार गरे । उनकै पालामा २०४७ कात्तिक २३ गते नेपालको संविधान ...

तुलनात्मक रुपमा हल सुरक्षित छ : दीपकराज गिरी

तुलनात्मक रुपमा हल सुरक्षित छ : दीपकराज गिरी
कोरोनाका कारण ९ महिनासम्म बन्द रहेको सिनेमा हल शुक्रवारबाट सञ्चालनमा आएका छन् । सरकारले सिनेमा हल खोल्न कुनै चासो नदेखाउँदा हल व्यावसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले पुष १० गतेबाट सरकारलाई दबाब स्वरुप एकतर्फी रुपमा सिनेमा हल खोलेको हो । शुक्रवारबाट सिंगल र मल्टीप्लेक्समा दुई नेपाली र दुई हलिउड फिल्म प्रदर्शनमा आएका छन् । क्रिसमसको विदालाई लक्षित गर्दै शुक्रवारबाट सिनेमा हल सञ्चालनमा आ...

गायक नितेष राईको”हिजो तिम्रो यादमा” सार्वजनिक

गायक नितेष राईको”हिजो तिम्रो यादमा” सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा सम्भावना भएका गायक नितेष राईको आवाजमा रहेको ”हिजो तिम्रो यादमा” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र समपर्णलाई गीतमा देखाइएको छ । नितेश राईको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको भिडियोमा माया श्रेष्ठ ,हेमराज राई र आशिष पुमा राईको अभिनय रहेको छ ।   ”हिजो तिम्रो यादमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://youtu.be/Tr6WhMm-Qvc

गीत गाएर विश्व रेकर्ड कायम गर्ने प्रयासमा राज्यमन्त्री मानन्धर

गीत गाएर विश्व रेकर्ड कायम गर्ने प्रयासमा राज्यमन्त्री मानन्धर
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विश्व रेकर्ड कायम गर्न लगातार चार घण्टा गीत गाउन आयोजित कार्यक्रमको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज शुभारम्भ गर्नुभयो । काठमाडौँको बालाजुस्थित अष्ठनारायण हलमा भएको सो कार्यक्रममा राज्यमन्त्री मानन्धरले ६२ गीत लगातार गाएर वल्र्ड बुकमा रेकर्ड राख्न लाग्नुभएको हो । मन्त्री गुरुङले नेपालका एक राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन साहस गर...

एकाएक चर्चामा मलिका

एकाएक चर्चामा मलिका
काठमाडौं – फिल्म ‘यात्रा’ मा दृष्टिविहीनको भूमिका निभाएपछि मलिका महतलाई कतिपय दर्शकले दृष्टिविहीन भएको समेत अड्कल काटे । फिल्मले उनलाई खासै सफलता नदिलाए पनि फिल्म क्षेत्रमा चिनायो । त्यसपछि उनलाई विभिन्न फिल्मबाट अफर आइरहे । पछिल्लो समय भने उनी म्युजिक भिडियोका कारण चर्चामा छिन् । ‘फूलबुट्टे सारी’ बोलको म्युजिक भिडियोमा मोडल तथा कलाकार पल शाहसँग देखिएकी मलिकालाई दर्शकले रुचाएका छन् । मिलन ...

नयाँ मोडमा टिम कुक र मार्क जुकरबर्गको लडाइँ, फेसबुकले हटायो एप्पलको पेज भेरिफिकेसन

नयाँ मोडमा टिम कुक र मार्क जुकरबर्गको लडाइँ, फेसबुकले हटायो एप्पलको पेज भेरिफिकेसन
काठमाडौं । एप्पलको नयाँ प्राइभेसी पोलिसी पश्चात फेसबुकका सीईओ मार्क जुकरबर्ग र एप्पलका सीईओ टिम कुक आमने सामने भएका छन् । एप्पलले एप स्टोरको नयाँ प्राइभेसी पोलिसीलाई प्रयोगकर्ताका लागि जसरी राम्रो भनेको छ, फेसबुकले भने खुलेर त्यसको विरोध गरेको छ । फेसबुकले एप्पलको नयाँ नीति एकतर्फी रहेको बताएको छ भने एप्पलले फेसबुकका सबै सवालको जवाफ दिएको जनाइरहेको छ । यसैबीच एक ठूलो कदम उठाउँदै फेसबुकले एप्पलक...

बन्ने भयो अलगधारको हास्य टेलिश्रृंखला ‘दुई स्वास्नीको पोई कुना पसी रोई’

बन्ने भयो अलगधारको हास्य टेलिश्रृंखला ‘दुई स्वास्नीको पोई कुना पसी रोई’
काठमाडौँ - लोकप्रिय कलाकार गीता नेपाल दाउरिको लेखनमा अलगधारको हास्य टेलिश्रृंखला 'दुई स्वास्नीको पोई कुना पसी रोई' बन्ने भएको छ। समाजमा रहेका बिध्यमान सामाजिक कथा बस्तुलाइ हास्य टेलिश्रृंखला मार्फत उजागर गर्दै दर्शक माझ आउन लागेको हास्य टेलिश्रृंखला 'दुई स्वास्नीको पोई कुना पसी रोई' को कमलादीस्थित गणेश मन्दिरमा शुभमुहर्त गरिएको छ। ज्ञान कुमार कट्टेलले निर्देशन गर्ने उक्त सिरियलको निर्मातामा कृष...

बलिउड अभिनेत्री राकुल प्रित सिंहलाई कोरोना संक्रमण

बलिउड अभिनेत्री राकुल प्रित सिंहलाई कोरोना संक्रमण
काठमाडौं । बलिउड अभिनेत्री राकुल प्रित सिंहलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफु कोरोना संक्रमित भएका जानकारी दिएकी हुन् । सिंहले आफुसँग सम्पर्कमा आएका ब्यक्तिहरुलाई पनि कोरोना टेष्ट गर्न र सुरक्षित रहन अनुरोध गरेकी छन् । उनले आफू सेल्फ आइसोलेसनमा बसेको जानकारी दिएकी छन् ।