पद्मश्री साहित्य सम्मान ‘हंस’ उपन्यासलाई
यस वर्षको पद्मश्री साहित्य सम्मान ‘हंस’ उपन्यासका श्रष्टा सञ्जीव उप्रतीलाई प्रदान गरिने भएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले तीन लाख रुपैयाँ राशीको सो पुरस्कार उप्रेतीलाई दिने निर्णय गरेको हो ।
त्यस्तै, यस वर्षको पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिइने प्रतिष्ठानले निर्णय गरेको छ । छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका म...