कार्यक्रमको विषयमा सुरु भयो विवाद : कपिल शर्मा
हास्यकलाकार कपिल शर्मा टिभी इन्डष्ट्रिका चर्चित हस्ती हुन् । उनले टेलिभिजनमा त आफ्नो क्षमता पुष्टि गरिसकेका छन्, त्यस्तै बलिउड सेलिब्रिटी बीच पनि उनी निकै चर्चित छन् । कपिल वेब सिरिजमार्फत् चाँडै नै डिजिटल डेब्यू गर्ने तयारीमा छन् । तर रोचक कुरा के छ भने यो डेब्यूका लागि उनी २० करोड भारु पारिश्रमिक लिँदैछन् ।
हालै द कपिल शर्मा शोको एक एपिसोडमा कृष्णा अभिषेकले यो कुराको खुलासा गरेका हुन् । कृष्ण...














