गायक प्रकाश कटवालद्धारा राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा उम्मेदवारी
काठमाडौं, २६ बैशाख
राष्ट्रिय संगीतकर्मी संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालले संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मुलुकका २० हजार भन्दा बढी कलाकारहरु समेटिएको यस संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन यही २८ र २९ बैशाख काठमाडौंमा आयोजना हुँदैछ । कलाकारहरु यतिबेला अधिवेशनको चापमा छन् ।
यसपटक राष्ट्रिय संगीतकर्मी संघको ३९ जनाको केन्द्रिय कार्यसमितिको लागि प्रत्यक्ष न...














