हर्क साम्पाङको अर्को हर्कत, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको ठाउँमा यलम्बर

हर्क साम्पाङको अर्को हर्कत, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको ठाउँमा यलम्बर
सामाजिक सञ्जालमा चर्का अभिव्यक्ति र कतिपय कार्यशैलीका कारण विवाद र चर्चामा आइरहने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अर्को विवादमा तानिएका छन् । उनले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएपछि विवादमा परेका हुन् । धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिँदै आएका साम्पाङले अब आफ्नो कार्यकक्षमा किराँती राजा यलम्बरको फोटो राखिएको बताएका छन् । उनले फेसबुकमा लेखेका...

सिभिल हस्पिटलका कर्मचारी आन्दोलित

सिभिल हस्पिटलका कर्मचारी आन्दोलित
राजधानीको मिनभवनस्थित सिभिल हस्पिटलमा कार्यरत कर्मचारीहरुले आन्दोलन थालेका छन् । लामो समयदेखि करारमा कार्यरत कर्मचारीहरुले आफ्ना माग पूरा गरियोस् भन्दै धर्ना दिएको बताएका छन् । हस्पिटलमा कार्यरत सम्पूर्ण निजामती कर्मचारीहरुको हकहितका लागि हस्पिटलको विनियमावली संशोधन गर्नुपर्ने भनिएको छ । त्यसैगरी विनियमावली संशोधन गर्दा निजामती कर्मचारी युनियन र संघर्ष समितिका प्रतिनिधिहरुलाई अनिवार्य सहभा...

गायक सचिन रौनियारको ‘औधी माया’ मा गरिमा

गायक सचिन रौनियारको ‘औधी माया’ मा गरिमा
‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायनमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन् । यस अघि सचिनले पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । स्पर्श, नशा, सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन् । छ भनौँ कि छैन भनौँ, यो वनमा छैन क्यारे न्याउली कराउँदिन ए कान्छी, ए माया कहाँ छौ कहाँ, ...

टिकट काटेर गरे मुख्यमन्त्री कार्कीले एक्सपो अवलोकन

टिकट काटेर गरे मुख्यमन्त्री कार्कीले एक्सपो अवलोकन
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङ व्यापार संघ ट्रेड एक्सपो अवलोकन गरेका छन् । उनी बुधबार अपरान्ह एक्सपो स्थल विराटनगर– २ स्थित शंकरपुर मार्ग पुगेका थिए । आफूसहित सुरक्षाकर्मी र सचिवालयका कर्मचारीको नाममा एक सय दरका दशवटा टिकट आफै खरिद गरे । त्यसपछि प्रवेशद्वारमा खटिएका प्रतिनिधिलाई टिकट देखाएर एक्सपो परिसरभित्र प्रवेश गरे । व्यापार संघका अध्यक्ष नविन रिजालले भने,“टिकट का...

बल्खुमा विश्वविद्यालयका विद्यार्थीहरुको प्रदर्शन

बल्खुमा विश्वविद्यालयका विद्यार्थीहरुको प्रदर्शन
त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्ती अन्त्यको माग गर्दै विरोध प्रदर्शन भएको छ । त्रिवि स्ववियुको नेतृत्वमा विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्ती अन्त्यको माग गर्दै आज परीक्षा नियन्त्रण कार्यालय, बल्खु अगाडि प्रदर्शन गरिएको हो । उनीहरुले ‘परीक्षा उत्तीर्ण गर्नभन्दा प्रमाणपत्र लिन किन यति धेरै सास्त...

धरानका मेयर हर्क साम्पाङ्ग संग ‘खजुरे ब्रो’ टिम

धरानका मेयर हर्क साम्पाङ्ग संग ‘खजुरे ब्रो’ टिम
काठमाडौँ। निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘खजुरे ब्रो’ को यतिबेला धरानमा प्री प्रोडक्सनको कार्य धमाधम भई रहेको छ। दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको युनिट धरानमा लोकेसन हन्टिंग पनि गरि रहेको छ । कमेडी जनरामा बन्ने चलचित्रको लेखन पनि स्वयम् निर्देशक सुनुवारको रहेको छ। सुनुवारले ८ बर्ष अघि चलचित्र ‘षडङ्ग’को निर्देशन गरेका थिए। नबीन मानन्धर र सुरज...

१ कराेड १५ लाख रुपैयाँ घुस लिएकाे आराेपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

१ कराेड १५ लाख रुपैयाँ घुस लिएकाे आराेपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
काठमाण्डाै – एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी रजिस्ट्रारकाे कार्यालय गण्डकीको प्रमुख हुँदा एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारका आधारमा उनलाई आज बुधवार कार्यकक्षबाटै पक्राउ गरेको र अब पोखरा पठाउने त...

१२ करोडको कण्डम किन्दा सरकारलाई २४ हजार फाइदा

१२ करोडको कण्डम किन्दा सरकारलाई २४ हजार फाइदा
नेपालमा पछिल्लो पाँच महिनामा १२ करोड रुपैयाँभन्दा बढीको कण्डम आयात गरिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि मंसिरसम्म १२ करोड दुई लाख रुपैयाँको कण्डम विदेशबाट ल्याइएको छ । सो अवधिमा एक करोड ९४ लाख वटा कण्डम नेपाल भित्रिएको हो । यसबाट राज्यकोषमा २४ हजार रुपैयाँ कर वापत दाखिला भएको छ । नेपालमा मुख्यतयाः चार देशबाट कण्डम आयात हुँदै आएको छ । भारतबाट १० करोड ९४ लाख रुपैयाँ बराबरको ...

जेल सजाय सकिने दिन कैदीको निधन, अस्पताल तनावग्रस्त

जेल सजाय सकिने दिन कैदीको निधन, अस्पताल तनावग्रस्त
मोरङ कारागारमा एक कैदीको मुत्यु भएको छ । अनौठो संयोगको रुपमा उनको कैद भुक्तान सकिने दिनमा नै उनको मृत्यु भएको बताइएको छ ।  लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर–१० का ४८ वर्षीय चण्डेश्वर सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  अस्ति अचानक पेट पोल्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई कारागार प्रशासनले कोशी अस्पतालमा भर्ना गरेको थियो । तर उपचारको क्रममा आज बिहान मृत्यु भए...

रियालिटी सोहरुको ब्यस्तता पछि प्रियंका पुन: म्युजिक भिडियो तिर

रियालिटी सोहरुको ब्यस्तता पछि  प्रियंका पुन: म्युजिक भिडियो तिर
काठमाण्डौं, ९ पौष केहि समय देखि विभिन्न टेलिभिजन रियालिटी सोहरुमा ब्यस्त नायिका प्रियंका कार्की पुन: म्युजिक भिडियोहरुमा देखिन थालेकी छिन एक हप्ता अगाडि हरिबंश आचार्यको मानव बेचबिखन बिरुदको सन्देशमुलक गीतमा देखिएकी प्रियंका अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ हिट गीतहरुका गायक कमल मान सिंहले क्रिसमस र अंग्रेजी नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको गीत 'मायालु 'को भिडियोम...