मामीमा नेपाली चलचित्र
काठमाडौँ, ११ कात्तिक – शुक्रबारदेखि भारतमा सुरू भएको ‘मुम्बई चलचित्र महोत्सव २०२३ ९मामी०’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । यही १९ गतेसम्म सञ्चालनमा रहने महोत्सवमा सहभागी हुन नेपाली चलचित्रकर्मी त्यहाँ पुगिसकेका छन् । महोत्सवमा ७० देशका दुई सय ५० चलचित्र प्रतिस्पर्धामा छन् ।
महोत्सवमा नेपालबाट चलचित्र ‘गाउँ आएको बाटो’ ‘साउथ एसिया प्रिमियर’ मा सहभागी हुँदैछ । यस्तै, ‘द रेड सुटकेस’ र ‘गुराँ...














