दीपकराजको शैली : बोल्न नडराउने, मिल्न नछाड्ने
राजनीति र फिल्म क्षेत्रमा को कहिले कट्टर दुश्मन र दिलदार मित्र बन्छन् भगवानलाई पनि थाहा हुँदैन । यी दुई क्षेत्रमा देखेका सबै चिज सत्य हुँदैनन् । राजनीतिमा पानी बाराबार भएकाहरुसँग जसरी स्वार्थका लागि रातारात घाँटी जोडिन्छ, त्यसरी नै फिल्म क्षेत्रमा एकअर्कालाई सत्तोसराप गर्दै आएकाहरु एकाएक मिलनको गीत गाउन थाल्छन् । यसको गतिलो उदाहरण दीपकराज गिरी हुन् ।
उनले बोल्ने ठाउँ भेट्नु पर्छ, आफूबाहेक कसैला...














