दिनेश, रश्मिला, रितेश लगायतको अभिनय रहेको फिल्म ‘अभियान’ यहि भदौ १८ गते शनिवार प्रिमियर गरिदै
---------------
इटहरी/ फिल्म अभियानको पहिलो पटक प्रिमियर शो गरिने भएको छ । कोशी भिजन फिल्म्सको ब्यानर तथा ऐतिहासिक तामाङ थाकथलो ‘किपट’ को कथामा निर्माण भएको फिल्म 'अभियान' को यहि भदौको १८ गते अर्थात आउदो शनिबार इटहरीमा अवस्थित इलाइट सिनेमा हलमा प्रिमियर शो गर्न लागिएको हो । दिउँसो २ बजेबाट गरिने प्रिमियर शोको अघि रेड कार्पेट पनि गरिने फिल्मका निर्माता तथा निर्देशक लाखमान योन्जत तामाङले बताए ।...














