गायिका रचना रिमालले पूरा गरिन् आफ्नो सपना, झापामा ठड्याइन् पक्की घर
काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’बाट साङ्गीतिक दुनियाँमा चर्चा कमाएकी गायिका रचना रिमालले छोटै समयमा आफ्नो सपना पूरा गर्न सफल भएकी छिन् ।
उक्त प्रतिस्पर्धाको उत्कृष्ट आठबाटै बाहिरिए पनि उनको गायन यात्राले भने उचाइ लिइरहेको छ । यसैबीच गीत गाएर नै उनले झापामा पक्की घर ठड्याउन सफल भइसकेकी छिन् ।
उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेको जानकारी दिएकी छिन् । घर निर्माण सम्पन...














