इन्गेजमेन्ट तोडिएकोबारे मेलिना राईको प्रष्टीकरण : मेरो निर्णय पितृसत्तात्मक सोचको विरुद्धमा
काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोड्ने आफ्नो निर्णयबारे प्रष्टीकरण दिएकी छन् । साउन २० गते फेसबुक स्टाटसमार्फत उनले इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी थिइन् ।
पुनः सोमबार फेसबुक स्टाटसमार्फत उनले पितृसत्तात्मक सोचको विरुद्धमा आफूले इन्गेजमेन्ट तोड्ने निर्णय लिएको उल्लेख गरेकी छन् ।
उनी लेख्छिन्, ‘मेरो पहिलो निर्णय- समाजमा विद्यमान जातीय विभेदको विरुद्ध...














