‘ह्याप्पी तिहार’ गीतका कारण उजुरी परेपछि दुर्गेश थापाको स्वीकारोक्ति – ‘गल्ती गरेकै हो’
काठमाडौं – गायक दुर्गेश थापा तिहारको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत बजारमा ल्याएपछि विवादमा तानिएका छन् । सांस्कृतिक पर्वका रुपमा समेत लिइने तिहार पर्वको गीतमा बियर पिउने र गाँजा तान्नेजस्ता शब्द प्रयोग गरेपछि थापा विवादमा तानिएका हुन् ।
सामाजिक सञ्जालमा र कलाकारको समूहमा पनि दुर्गेश विवादमा परेका छन् । तिहार जस्तो पवित्र पर्वको गीतमा पनि यस्ता शब्द प्रयोग गरिएको भन्दै उनको विरोध भएक...