माइतीघर मण्डलामा थिस्अल ट्रयांगल
थिस्अल, गर्मी मौसममा फुल्ने अमेरिकी फूल हो, जसलाई धेरैले मन पराउँछन् । सिंगापुर तथा बेलायतमा बसेका रमेश बस्नेतले त्यही नाममा माइतीघर मण्डलास्थित मण्डला भवनमा रेस्टुराँ सञ्चालनमा ल्याएका छन् । यो रेस्टुराँले छोटो समयमै राम्रो बजार लिइसकेको छ । अन्यत्रभन्दा फरक स्वादका परिकार तथा वातावरणका कारण सामान्य मानिसदेखि सेलिब्रिटीहरूलाई सम्म तान्ने गरेको छ यो रेस्टुराँ । रेस्टुराँ क्षेत्रमै लामो अनुभव बटुले...














