आमाकी एक्ली सहारा
आफूलाई ‘कलाकार’ भन्न रुचाउने नेपालगन्जकी रिया श्रेष्ठको दैनिक तालिका एकदम ‘टाइट’ छ । सांस्कृतिक कार्यक्रमदेखि ‘म्युजिक भिडियो’सम्म उनको व्यस्तताभित्र पर्छ । आफूलाई एउटै विधामा सीमित राख्न नरुचाउने रिया कलाक्षेत्रमा लागेको आठ वर्ष बितिसकेको छ । यो अवधिमा झन्डै सातवटा फिल्ममा उनले मुख्य भूमिका निर्वाह गरिसकेकी छन् । ‘जन्जिर’, ‘बोस’, ‘त्रास’, ‘द रिटर्न हिरो’ चलेका फिल्ममध्ये पर्छन् । जसमा उनलाई नायिक...














