‘सारेगमप’ मा आयुषको मन्त्रमुग्ध पार्ने प्रस्तुती , चम्किँदै नेपाली आवाज
नेपालीहरुले सबैभन्दा धेरै सहभागिता जनाएको भारतकै चर्चित सिंगिङ रियालिटी शो “सारेगमप लिटिल च्याम्स” मा नेपालका २ बालकहरुले नेपालको प्रतिनिधित्व गरिरहेका छन् । उनीहरुले प्रतिनिधित्व पनि यसरी गरिरहेका छन् की भारतीय प्रतिष्पर्धीहरुलाई पनि कडा चुनौती दिईरहेका छन् । इटहरीका ११ बर्षीय प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले नेपालीहरुको मात्र होईन भारतीयहरुको पनि मन जित्दै अगाडी बढिरहेका छन् । हिजो प्...














