ट्रयाक्टर दुर्घटनामा परी कलाकार अमृत तामाङको मृत्यु
दोलखा । कार्तिक ३० गते,
दोलखाली कलाकार अमृत तामाङको शुक्रबार ट्रयाक्टर दुर्घटनामा परी ज्यान गएको छ । दोलखाको विगु गाउँपालिका वडा नम्बर–३, बुलुङ भिरमुनीका ४४ वर्षीय तामाङको शुक्रबार बिहान मृत्यु भएको हो । लु ३ त ९७२३ नम्बरको ट्रयाक्टर ढुंगा लोड गरी बुलुङबाट भिरमुनी भन्ने ठाउँतिर जाँदै गर्दा ट्रयाक्टर ब्याक गर्ने क्रममा ट्रयाक्टर सडकबाट करिब ३२ फिट तल खसेको थियो । सडकबाट खसेको ट्रयाक्टरले च्याप्दा ...














