फ्रान्सको ‘४६औं अन्तराष्ट्रिय सांस्कृतिक मेला’मा नेपाली कलाको प्रदर्शन
काठमाडौं – युरोपको बिभिन्न देश तथा शहरमा आयोजना भइरहेको ‘४६ औं अन्तराष्ट्रिय सांस्कृतिक मेला २०१८’मा नेपालले पनि सहभागीता जनाएको छ । जुलाई १३ देखि अगष्ट २७ सम्म आयोजना हुने मेलाका लागि २० जना कलाकारहरुको एक जम्बो टोली अहिले फ्रान्स पुगेको छ ।
‘नेपाल लोक तथा साँस्कृतिक प्रतिस्ठानको’ नेतृत्वमा कलाकार टोली फ्रान्स पुगेको हो । यो टोलीले फ्रान्सको मोन्तुवा, लुप्युभिले, पेल्तान लगायतका केही स्थानमा क...














