महोत्सवमा व्यस्त हमालसँग छैन फिल्म
काठमाडौं। अभिनेता राजेश हमालसँग अहिले फिल्म छैन । त्यसैले, उनी पछिल्लो समय कार्यक्रम सञ्चालन र स्टेज प्रस्तुतिमा व्यस्त रहेका छन् । अभिनेता हमाललाई अन्य कलाकारजस्तो चलचित्रको छायांकनको चटारो छैन । उनी पछिल्लो समय चलचित्र छायांकनभन्दा विभिन्न उत्सव तथा कार्यक्रममा बढी भेटिने गरेका छन् ।
शनिबार काठमाडौंमा सम्पन्न सीजी कामना फिल्म अवार्डमा पनि अभिनेता हमाल कार्यक्रम सञ्चालकका रूपमा प्रस्तुत भएका थ...














