कहाँ अड्कियो कविता मानन्धरको फिल्म ?
नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको मुख्य भूमिका रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ पोष्ट प्रोडक्शनमै अल्झिएको छ । यो चलचित्रबाट नै करिश्माकी छोरी कविताले चलचित्र क्षेत्रमा डेब्यू गर्ने तयारी गरेकी छिन् । तर, चलचित्रको काम नै अगाडि बढ्न नसक्दा कविताको डेब्यू चलचित्र नै रिलिज नहुने हो कि भन्ने अन्यौलता समेत छ ।
यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । दिपेशका अनुसार, चलच...














