‘आ बाट आमा’ ट्रेलर सार्वजनिक: परदेशिनु पर्ने बाध्यता र आमाबुवाको माया
यही माघ १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच रिलिज गरिएको ट्रेलरले पारिवारिक सम्बन्ध, भावनात्मक संघर्ष र विछोडको पीडालाई केन्द्रमा राखेको छ।
ट्रेलरमा ग्रामीण परिवेशमा हुर्किएको एक परिवारको कथा देखिन्छ, जहाँ बासुदेव र देवकीका छोरा कृष्ण पारिवारिक सुख र भविष्यको खोजीमा विदेश जाने निर्णय गर्छन्। यही निर्णय...













