माननीय बन्ने दौडमा प्रकाश सपूत, ‘परालको आगो’को टिजर सार्वजनिक
अभिनेता तथा गायक प्रकाश सपूत यतिबेला राजनीति र फिल्म दुवै क्षेत्रमा चर्चामा छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ उम्मेदवारी दिएसँगै राजनीतिक यात्रा औपचारिक रूपमा सुरु गरिसकेका छन्। दलित पुरुष क्लस्टरको दोस्रो नम्बरमा नाम परेका कारण उनी आगामी संसदमा प्रवेश गर्ने लगभग निश्चित मानिएको छ।
यसैबीच, सांसद बन्ने तयारीमा रहेका सपूत अभिनीत नयाँ फिल्म ‘परालको आगो’ को टिजर सोमब...














