‘बाबरी’मा धिरजको आवाज ‘कबड्डी’को ‘वीरकाजी’सँग मिल्दोजुल्दो किन ?
फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाट अभिनेताको रुपमा सानदार डेब्यू गरेका धिरज मगर करीब ४ वर्षपछि ठूलो पर्दामा देखिँदैछन् । उनी अभिनीत तेस्रो तर रिलिजको दोस्रो फिल्म ‘बाबरी’ असोज १४ गतेबाट प्रदर्शन हुँदैछ । टिजर रिलिजपछि उनको आवाजलाई लिएर टिका-टिप्पणी भइरहेको छ । प्रायःले उनको आवाज फिल्म ‘कबड्डी’को ‘वीरकाजी’ पात्रसँग दुरुस्तै मिलेको बताएका छन् ।
धिरज भने ‘बाबरी’मा आफ्नो क्यारेक्टर काजी नै रहेकाले आव...














