अनमोल र उपासनाको ‘क्याप्टेन’ युटुबमा
नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ युटुबमा रिलिज गरिएको छ । ओएसआर डिजिटल नामक युटुब च्यानलबाट यो चलचित्र आज सार्वजनिक भएको हो । यो चलचित्र करिब २ बर्ष अगाडि हलमा रिलिज भएको थियो । हलमा औषत व्यापार गरेको यो चलचित्रले युटुबमा राम्रो दर्शक पाइरहेको छ । सार्वजनिक भएको ४ घन्टामा १ लाख भन्दा बढी भ्यूज पाएको चलचित्रलाई दर्शकले रुचाएका छन् ।
भूवन केसीको लगानीमा तयार भएको यो चलचित्रलाई दिवाकर भट...














