‘चर्चामा आउनुपर्ने र देखिनुपर्ने मेरो व्यक्तित्व नै होइन’– ललित विष्ट
मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कार का लागि विभिन्न विधाका ७ वटा पुस्तक छनौट गरेको छ। २०७६ सालमा प्रकाशित र गुठीमा दर्ता भएका १५१ पुस्तकहरूमध्ये श्रेष्ठ ७ को सूची प्रकाशित गरेको हो।
मदन पुरस्कारको श्रेष्ठ ७ मा सूचीकृत पुस्तकहरूमध्ये ललित बिष्टको ‘मोहपथ’ कथासंग्रह पनि एक हो। मोहपथमा मूलतः समाजको ‘डार्कनेस’का कथाहरूलाई मिहिन रूपमा बुनिएको छ।
‘धनीको खाना मीठो, गरिबका कथा मीठा’ भनेझैँ गर...













