तिहार गीत देउसी भैलो खेलौं डिजिटल बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी भर्खरै सकिएको छ अब दशैँ सकिन नपाउंदै तिहार संग सम्बन्धित गीतहरु पनि बजारमा आउन थालिसकेका छन् । यसै क्रममा बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गित संगीतको माधुर्यता बाट अशंख्या श्रोता एवं दर्शकहरुलाई सांगीतिक आनन्द प्रदान गरिरहेका दोलखाली युवा कलाकार अशिम कुमार कटुवालले राज लक्की प्रस्तुतिमा एक तिहार गित भर्खरै बजारमा लिएर आएका हुन् ।
...














