पारिश्रमिक घटाउन सकारात्मक साम्राज्ञी
सम्भवतः यति लामो समयसम्म फिल्म क्षेत्रले विश्राम लिएको पहिलो पटक हो । कोरोनाको संक्रमण फैलिन नदिन गएको चैतबाट सरकारले लकडाउन गरेपछि फिल्म क्षेत्र सुनसान छ । फिल्म निर्माण, प्रदर्शन र वितरण ठप्प छ । ६ महिनायता फिल्म सम्बन्धि कुनै कार्य नहुँदा कलाकार फुर्सदिला भएका छन् । प्राविधिकहरुलाई बिहान बेलुका हातमुख जोर्न समेत समस्या हुन थालेको छ ।
संक्रमितको संख्या नघट्नुले दशैंअघि फिल्म क्षेत्र सञ्चालनम...













