धादिङका ३० महिनाको बालक ब्लड क्यान्सरसँग जुध्दै, परिवारद्धारा आर्थिक सहयोगको अपिल
काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका–४ बस्ने कपिल थापा मगरका ३० महिनाका छोरा सुप्रित थापा मगरलाई ब्लड क्यान्सर भएको छ। लामो समय अस्पताल राख्नुपर्ने र आफुहरुको आर्थिक अबस्था निकै कमजोर रहेकाले उनको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।
अहिले बिरामी बालकको निजामति कर्मचारी अस्पताल मिनभवनमा उपचार भईरहेको छ। बालकको उपचारका लागि सहयोग गर्न चाहने व्यक्तिहरुले उनको ठुलोबुबा बासु थापा मगर...













