विवादित ‘तिजगीत’ बारे बद्री पंगेनीः ‘नो व्रत’ भन्नु हुन्थेन
गायिका सोफिया थापाले ल्याएको नो व्रत प्लीज बोलको गीतलाई लिएर विवाद झांगिँदै गएको छ । लोक संगीतमा लामो समयदेखि क्रियाशील कलाकारहरुले समेत उनको गीतको आलोचना गर्न थालेका छन् ।
चर्चित लोकगायक एवं लोक तथा दोहोरी गीत प्रतिष्ठानाका अध्यक्ष बद्री पंगेनी कुनै पनि गीत–संगीतले देशको धर्म–संस्कृतिलाई चोट पुर्याउनु नहुने बताउँछन् । सोफियाको गीतमा केही राम्रा विषय उठाइएको भए पनि तिजमा व्रत नबस्न गरिएको...