‘२ नम्बरी’को छायाङ्कन फागुनअघि नहुने, नयाँ फिल्मको तयारी
करिब ३० प्रतिशत छायाङ्कन सकिएपछि चलचित्र ‘२ नम्बरी’को टिमले काम अगाडि बढाउन पाएन । चलचित्रको छायाङ्कन चलिरहेको समयमा सरकारले लकडाउन गरेपछि काम रोकिएको हो । काम रोकिएको करिब ४ महिना बितिसक्दा पनि छायाङ्कन अघि बढ्न सकेको छैन । अब भने यसको निर्माण पक्षले फागुन अगाडि चलचित्रको काम सुरु नगर्ने बताएको छ ।
चलचित्रको कथाले जुन दृश्य माग्छ, त्यो अब फागुन अगाडि नपाइने भएपछि निर्माणपक्षले ६ महिनाभन्दा लाम...














