लकडाउनपछि २ वर्षाले कसरी मिलाउलान् सेड्युल ?
नायिकाद्वय वर्षा राउत र वर्षा सिवाकोटीको हातमा चलचित्रको अभाव छैन । लकडाउन खुलेपछि यी दुई नायिकालाई चलचित्रको तालिका मिलाउन नै हम्मेहम्मे हुने देखिएको छ ।
नायिका वर्षा राउत चलचित्र ‘२ नम्बरी’को छायांकनमा व्यस्त थिइन् । कोरोनाका कारण चलचित्रको करिब २५ प्रतिशत मात्रै छायांकन सकिएको छ । वर्षाले लकडाउनपछि उक्त चलचित्रलाई समय दिनुपर्ने छ । उक्त चलचित्रको छायांकन सकिएपछि ‘के घर के डेरा’को छायांकनमा व...