लकडाउनमा ‘क्या बोर भयो…’
काठमाडौँ — लकडाउनले २४ घण्टै घरमा बस्नुपर्दा सबैलाई झिंजो लागेको छ । यही मनोविज्ञानलाई बुझेर गायक योगेश्वर अमात्य, न्ह्यु बज्राचार्य र जेम्स प्रधानले घरबाटै गीत गाएका छन्, ‘क्या बोर भयो...।’
‘न्ह्युको नयाँ गीत गाउने तयारीमा थियौं । मेसेन्जरसम्म जेम्स, न्ह्युसँग कुरा गर्दैगर्दा मैले यो गीत गाउन भनेर प्रस्ताव राखेको थिएँ । न्ह्यु सहमत भयो । त्यसपछि लकडाउनमा हामीले यो गीत गायौं,’ योगेश्वरले ...













