चीनबाट ल्याएका स्वास्थ्य सामाग्री सेनाको हेलिकप्टरबाट आजै सातै प्रदेशमा पुर्याइने
काठमाडौँ - चीनबाट ल्याइएका पीपीई, मास्कसहितका स्वास्थ्य सामग्री नेपाली सेनको हेलिकप्टरबाट आजै ७ वटै प्रदेशमा पठाइने भएको छ ।
आज बिहान चीनबाट आएका औषधि, मास्क, पीपीईलगायतका औषधीजन्य सामाग्री नेपाली सेनाको हेलिकप्टरबाट सातै प्रदेशमा पठाउन लागिएको हो । चीनबाट स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई, कोरोना चेक गर्ने किट, ल्याब मेसिनलगायत अत्यावश्यक सामग्री आज (आइवार) बिहान ५ः३० मा त्रिभुवन विमानस्थलमा...