सञ्जुको नयाँ दोहारी गीत ‘चाँदी कहाँ होला’ सार्वजनिक
काठमाडौं । गायक रविन लामिछाने र गायिका सञ्जु न्यौपानेको नयाँ लोकदोहारी गीत ‘चाँदी कहाँ होला’ सार्वजनिक भएको छ । सामाखुशीमा रहेको एभरेष्ट रेस्टुरेन्टमा हिजो एक कार्यक्रमको आयोजना गरी उक्त गीतको भिडियोलाई सार्वजनिक गरिएको थियो । गायिका सञ्जु न्यौपानेको जन्मदिनको अवसरमा खुशीयाली मनाउँदै ‘चाँदी कहाँ होला’ सार्वजनिक गरिएको थियो ।
गीत सार्वजनिक पछि बोल्दै गायिका न्यौपानेले गीतकार नवराज पन्त, गायक रवि...