सवारी उल्लंघन रोकिएन, बुढानीलकण्ठमा मोटरसाइकल चालकको ज्यान गयो
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लगाएको लकडाउनको शनिबार पाँचौं दिन हो ।
पाँचौं दिनसम्म आइपुग्दा पनि सवारी साधन चलाएर लकडाउन उल्लंघन गर्नेहरुको कमी भने आएको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक राजेश सिलवालका अनुसार यसअघिका दिनकै तुलनामा शनिबार पनि गाडीहरु चलेका छन् ।
सवारी चलाएर लकडाउन उल्लंघन गर्नेहरुमा भने कमी नआएको सिलवालले बताए ।
उनका...













