भारतबाट फर्किएकी अभिनेत्रीको क्वारेन्टाइन डायरी : चौध दिन त खोकी लाग्दा पनि डर लाग्यो
पाँच महिनायता अभिनेत्री बेनिशा हमाल मुम्बईमा थिइन्, फिल्म मेकिङ पढ्दै । एफएक्स स्कुल अफ फिल्म मेकिङ एन्ड फोटोग्राफीमा १५ महिनाको कोर्षका लागि भर्ना भएकी उनी कोभिड–१९ को जोखिम बढेपछि गत चैत ५ गते फ्लाइटबाट काठमाडौं आइपुगेकी थिइन् । १८ दिनदेखि उनी घरभित्रै छिन् । १४ दिन त घरभित्रै कडा क्वारेन्टाइनमा बसेको उनी बताउँछिन् ।
उनको क्वारेन्टाइन डायरी उनकै शब्दमा :
फिल्म मेकिङ पढ्ने पहिलेदेख...












