कलाकारको भीड हुँदा पनि चलेन ‘लक्का जवान’ गीत
कुन गीत हिट र कुन फ्लप खुट्टयाउन युट्युब गतिलो माध्यम बनेको छ । युट्युब रिलिजको छोटो समयमै लाखौं भ्यूअर्स बटुलेको खण्डमा गीतलाई हिट मानिने चलन छ । अर्थात्, भ्यूजको आधारमा गीतको असफलता र असफलता मापन गरिन्छ । केही वर्ष अगाडिसम्म युट्युबमा कुनै गीतलाई एक लाख पटक हेरियो भने हिट मानिन्थ्यो । अचेल करोड भ्यूज पनि सामान्य मानिन्छ ।
गीत युट्युबको ‘ट्रेन्डिङ’ मा आयो भने हिट मान्ने पनि एकथरी जमात छ । त्य...














