नबन्ने भयो ‘दासढुङ्गा २’, स्क्रिप्ट फेरबदल गर्न दबाब आएको निर्देशकको दाबी
काठमाडौँ — लामो समयदेखि फिल्म निर्माण अनुमतिका लागि संघर्ष गरिरहेको फिल्म 'दासढुङ्गा २' अन्तत: नबन्ने भएको छ । २०५० सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको चितवनको दासढुंगामा भएको दुर्घटनामा मृत्यु भएको घटनामा आधारित रहेर यो फिल्म बनाउने घोषणा गरिएको थियो।
फिल्मलाई कुमार भट्टराईले निर्देशन गर्ने तयारीमा थिए । तर, चलचित्र विकास बोर्डले फिल्म निर्माणको अनुमति नै दिए...














