महिला एफए कपको च्याम्पियन भयो चेल्सी
काठमाडौं, ५ जेठ । साविक विजेता म्यानचेस्टर युनाइटेडविरुद्ध ३-० को सहज जित निकाल्दै चेल्सी महिला एफए कपको च्याम्पियन बनेको छ ।
चेल्सी छैटौं पटक एफए कपको च्याम्पियन बनेको हो । वम्बेली रंगशालामा आइतबार राती सम्पन्न फाइनलमा चेल्सीलाई जित दिलाउन स्यान्डी बाल्टिमोरले दुई तथा क्याटरिना मकारियोले एक गोल गरेकी थिइन् ।
खेलको ४५औं मिनेटमा बाल्टिमोरको पेनाल्टी गोलमार्फत चेल्सीले अग्रता लिन सफल भए...