स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री
काठमाडौँ, २१ माघ स् प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास प्रारम्भ गर्नुभएको छ ।
यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डल...














