मोरङको बेलबारीका ७७९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
विराटनगर ÷ मोरङको बेलबारी नगरपालिकाभित्रका विभिन्न ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ७ सय ७९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
चाइना फाउण्डेसन फर रुलर डेभलपमेन्टको सहयोगमा न्यू लाइट फाउण्डेसन र एकीकृत हातेमालो समाजको समन्वयमा विद्यालयस्तरका बालबालिकालाई झोलासहित शैक्षिक सामग्री वितरण गरिएको हो । विशेषगरी आर्थिक रूपमा कमजोर, दलित र जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै सामग्री वितरण ...