काठमाण्डौ महानगरपालिकाको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
महानगरपालिकाको शिक्षा विभागका अनुसार हिजो ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालित परीक्षामा १४ हजार एक सय ७३ जना विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये १० हजार आठ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । ४० अङ्क नकटाउने विद्यार्थीहरूलाई अनुत्तीर्ण गरिएको विभागल...













