लाेकेश बमले शतक बनाए पनि नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित

लाेकेश बमले शतक बनाए पनि नेपालकाे ‘ए’ टाेली आयरल्यान्ड–उल्भ्ससँग २१ रनले पराजित
काठमाण्डाै – आयरल्यान्ड–उल्भ्ससँगकाे मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा नेपालकाे 'ए' टाेली पराजित भएकाे छ । आज कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा नेपाल २१ रनले पराजित भयाे । आयरल्यान्ड–उल्भसले दिएकाे २ सय २३ रनकाे लक्ष्य पछ्याएकाे नेपाल 'ए' १९ ओभर ३ बलमा २ सय १ रनमा अल आउट भयाे । नेपालका लाेकेश बमले शतक बनाए । लाेकेश ५६ बलमा १ सय ६ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले ...

बलिउड अभिनेत्री ज्याकलिन फर्नाण्डेज दिउँसो काठमाडौं आउँदै

बलिउड अभिनेत्री ज्याकलिन फर्नाण्डेज दिउँसो काठमाडौं आउँदै
भारतीय चलचित्र उद्योग बलिउडकी अभिनेत्री ज्याकलिन फर्नाण्डेज काठमाडौं आउन लागेकी छन् । उनी नौ जनाको टोलीसहित आज दिउँसो मुम्बईबाट इण्डिगो एअरलाइन्सको उडान नम्बर ६इ१३६५ मा आउने बताइएको छ । ज्याकलिन काठमाडौंमा भोलि हुने सुन र हिराका गहना प्रदर्शनी (ज्वेलरी शो) मा सहभागी हुन आउन लागेकी हुन् । प्रदर्शनी नेपाल पर्यटन बोर्ड र आरबी डाइमन्डसको संयुक्त आयोजनामा हुन लागेको हो । ज्याकलिनको टोलीमा शान जोस...

गृहका हाकिमले दुर्गा प्रसाईंको बन्दुकवारे बुझ्ने

गृहका हाकिमले दुर्गा प्रसाईंको बन्दुकवारे बुझ्ने
दुर्गा प्रसाईंलाई दिइएको हतियार इजाजतबारे सरकारले छानबिन गर्न लागेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयानुसार मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । समितिमा मन्त्रालयका उपसचिवहरु ऋषि पौडेल,एकदेव अधिकारी र नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई छन् । समितिलाई दुर्गा प्रसाईंको नाममा दिइएको ह...

‘अगस्त्य’ निर्माताको दाबीः २ करोडको फिल्मले साढे ४ करोड कमायो

‘अगस्त्य’ निर्माताको दाबीः २ करोडको फिल्मले साढे ४ करोड कमायो
फागुनको १८ गतेबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य’ले साढे ४ करोड ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले दाबी गरेको छ । निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा फिल्मले नेपाली बक्स अफिसबाट २ करोड ६१ लाख ग्रस कलेक्शन गरेको छ । यस्तै, ओभरसिजबाट १ करोड ९७ लाख ग्रस कलेक्शन गरेको छ । फिल्मले विश्व बजारबाट ४ करोड ५८ लाखको ग्रस कलेक्शन गरेको दाबी निर्माताको छ । यो फिल्मलाई २ करोड बजेटमा तयार पारिएको समेत ...

‘लण्डन टू पेरिस’मा रोमान्टिक देखिए निश्चल–साम्राज्ञी र कविर–गरिमा

‘लण्डन टू पेरिस’मा रोमान्टिक देखिए निश्चल–साम्राज्ञी र कविर–गरिमा
जेठको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘लण्डन टू पेरिस’को नयाँ पोस्टरमा मुख्य ४ कलाकारहरूलाई समावेश गरिएको छ । फिल्मको दोस्रो पोस्टरमा मुख्य कलाकारहरू साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कविर खड्का र गरिमा शर्मालाई समावेश गरिएको छ । पोस्टरमा साम्राज्ञीसँग निश्चल र गरिमासँग कविर रोमान्टिक देखिएका छन् । नायिका गरिमा शर्माको यो डेब्यू फिल्म हो । यसैले, उनका लागि यो फिल्म महत्वपूर्ण देखि...

लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा स्रष्टा गणेश रसिक सम्मानित

लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा स्रष्टा गणेश रसिक सम्मानित
लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा त्रैमासिक रुपमा संचालन गरिने रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम शनिवारका दिन स्रष्टा गणेश रसिकलाई नगद रु १००००/(दश हजार ) सहित लीलाध्वज स्रष्टा सम्मानले सम्मान गर्दै भव्यताकासाथ सम्पन्न भएको छ । उक्त सम्मान/ पुरस्कार प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाद्वारा प्रदान गरिएको थियो । सम्मानित स्रष्टा रसिकले लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकार...

डा. रुइतलाई पाँच लाख राशीको ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने

डा. रुइतलाई पाँच लाख राशीको ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने
झापा, १५ चैत । विश्वमा ‘दृश्यका देवता’ उपमाले चिनिनु हुने डा. सन्दुक रुइतलाई यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिने भएको छ । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाले डा. रुइतलाई रू पाँच लाख राशीको उक्त पुरस्कार प्रदान गर्ने भएको हो । आज भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले पुरस्कार आगामी बैशाख ४ गते डा...

हात्तीले कुल्चेर श्रीमतीको मृत्यु श्रीमान घाईते

हात्तीले कुल्चेर श्रीमतीको मृत्यु श्रीमान घाईते
झापा, चैत १५ गते । झापाको शिवसताक्षी नगरपालिका ११ स्थितमा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय ६० बर्षीया पबित्रा भेटवाल रहेका छन् । हिजो बेलुका ६ बजे रतुवामाई बृक्षारोपण आयोजनाको बनमा घाँस दाउरा गर्न गएका पबित्रा भेटवाल र उनका श्रीमान ६२ बर्षीय दिलिप भेटवाललाई हात्तीले कुल्चि लछारपछार पार्दा पबित्रा भेटवालको घटनास्थलमै मृत्यु भएको थ...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि

दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि
विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुने भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । मिल्स भेट्रान्स फुटबल क्बल रानीले बिहीबार पत्रकार सम्मेलन गरी चैत १७ देखि २४ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगे...

आजको राशिफल : वि.सं. २०८० चैत्र १६ गते शुक्रबार|| श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० चैत्र १६ गते शुक्रबार|| श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । ब्यवसायबाट भने लाभ हुने समय छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । वृष–व्यापार–व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रच...