पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु
कोकिला भण्डारी
धनकुटा, चैत १५ गते । ग्यास लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको छ । धनकुटा नगरपालिका –६ स्थित कोल्डस्टोरमा बिहीबार पिकअप भ्यानले ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दैगरेका ट्रक चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिराहाको गोलबजार घर भई धनकुटा –९ स्थित गुठियार बस्ने ३० वर्षीय निरज ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बिहीबार दिउँसो करि...














