बृद्धाको हत्या गरेको आरोपमा २ जना पक्राउ

बृद्धाको हत्या गरेको आरोपमा २ जना पक्राउ
झापा, २०८० चैत्र ०१ गते । झापाको गौरादह नगरपालिका-७ योगिटारकी ८२ बर्षीया बृद्धा नरमाया बिश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २६ गते देखि घरैबाट अचानक हराईरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडी रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते बृद्धाको शव फेला परेको थियो । गाडेको अवस्थामा शव फेला परेसंगै घटनाबारे सुक्ष्म अनुसन्धान था...

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा, अन्तिम खेलमा मधेश र वागमतीलाई सफलता

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा, अन्तिम खेलमा मधेश र वागमतीलाई सफलता
विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत लिग चरणको विहिबार सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनलको समिकरण पुरा भएको । पहिलो खेलमा मधेश प्रदेशले एपिएफ र वागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ । विहिबारको खेल अगावे समुह ए बाट आर्मी ८अंकका साथ शिर्ष स्थानमा रहन्दै समुह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको ...

बोलेरो गाडी दुर्घटना ८ जनाको मृत्यु ९ जना घाईते

बोलेरो गाडी दुर्घटना ८ जनाको मृत्यु ९ जना घाईते
उदयपुर, २०८० चैत्र ०१ गते । उदयपुरको बेलका नगरपालिका-७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर अचानक दुर्घटना हुँदा बोलेरोमा सवार रहेका ७ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा धरानको बि.पि.कोईराला स्वास्थ...

आजको राशिफल : वि.सं. २०८० चैत्र १ गते विहीबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० चैत्र १  गते विहीबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–कृषि–चौपायाबाट हानि पुग्नसक्छ, बन्दव्यापारमा घाटा देखिन्छ, रोगले पनि सताउन सक्छ । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, अनावश्यक ठाउमा पैसा खर्च हुदैछ । व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छ, रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ । वृष–घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् साथै अन्नको पनि लाभ हुने दिन छ । आज तपा...

गाजा युद्धमा भोकमरी एउटा ‘अस्त्र’ को रूपमा प्रयोग भइरहेको छ : युरोपेली सङ्घ

गाजा युद्धमा भोकमरी एउटा ‘अस्त्र’ को रूपमा प्रयोग भइरहेको छ : युरोपेली सङ्घ
युरोपेली सङ्घ (ईयू) ले गाजा युद्धमा भोकमरी एउटा अस्त्रको रूपमा प्रयोग भइरहेको आरोप लगाएको छ । ईयूका विदेश नीति प्रमुख जुजेप बूरेलले गाजामा सहायता सामग्री पुग्न नदिनुलाई मानवसिर्जित विपद्को सङ्ज्ञा दिनुभएको बीबीसीले जनाएको छ । इजरायलले उपयोगी स्थलमार्गहरू उपलब्ध नगराउँदा गाजामा मानवीय सङ्कट उत्पन्न भएको उहाँले बताउनुभयो । गाजामा सहायता सामग्री पुर्‍याउन सबैभन्दा छिटो र प्रभावकारी माध्यम सडक मार्...

शेयर बजार सामान्य घट्यो, ४ अर्ब २४ कराेड रुपैयाँकाे काराेबार

शेयर बजार सामान्य घट्यो, ४ अर्ब २४ कराेड रुपैयाँकाे काराेबार
काठमाण्डौ – हिजो उच्च अङ्कले बढेको शेयर बजार आज भने सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ४८ अङ्कले घटेर दुई हजार एक सय ८ दशमलव ७२ विन्दुमा पुगेको छ । आज बैंकिङ, होटल, जलविद्युत्, लगानी, उत्पादन र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ, अरू समूहको शेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन...

सहकारीको ऋण तिर्न महानगरको सूचना

सहकारीको ऋण तिर्न महानगरको सूचना
ललितपुर महानगरपालिकाले सहकारी संस्थाबाट लिएको ऋण रकम चुक्ता गर्न ऋणीहरुलाई आग्रह गरेको छ । आज सार्वजनिक सूचना निकालेर महानगरले ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमै भुक्तान गर्न भनेको हो । ऋणीहरुले समयमा साँवा तथा ब्याज फिर्ता नगर्दा बचतकर्ताको बचत फिर्ता गर्न असहज परिस्थिति सिर्जना भएको गुनासो आइरहेको जनाउँदै महानगरले विद्यमान कानुन र सहकारी ऐन विपरित नगर्न सचेत गराएको छ । अन्यथा...

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्राे पटक विश्वासकाे मत पाउनुभएकाे छ । आज बुधवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएकाे मतदानमा उहाँले विश्वासकाे मत पाउनुभएकाे हाे । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ बमोजिम उहाँले आज पेस गर्नुभएको प्रस्तावका पक्षमा एक सय ५७ र विपक्षमा एक सय १० मत...

१० दिन सम्म चलेको मेलामा १० लाख भन्दा बढीले गरे अबलोकन

१० दिन सम्म चलेको मेलामा १० लाख भन्दा बढीले गरे अबलोकन
"पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार" भन्ने मुल नारा सहित आयोजना भएको १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न भएको छ । फागुन १८ गते देखी २७ गते सम्म देशका बिभिन्न भागमा आयोजना गरिएको मेला फाल्गुन १९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा उद्घाटन समारोहबाट मेलाको सुरुवात भएको थियो। कार्यक्रममा ११ देशका ३५० भन्दा बढी कलाकारको सहभागी रहेको थियो । ...

महानगरद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

महानगरद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
विराटनगर ÷ विराटनगर महानगरपालिकाले वडा नम्बर १८ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आर्थिक अभावका कारण गरिब तथा विपन्न व्यक्तिहरु अस्पताल जान समस्या हुने भएकाले वडामै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको महानगरले जनाएको छ । महानगरले हरेक वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट रोगको पहिचान भई समयमै उपचार हुँदा बिरामी चाँडै निको हुने गरे गरेका छन् । ...