भेनेजुएला र पेरुबीचको विश्वकप छनोट खेलको विवादलाई लिएर तनाव

भेनेजुएला र पेरुबीचको विश्वकप छनोट खेलको विवादलाई लिएर तनाव
लिमा । भेनेजुएला र पेरुबीच फिफा विश्वकप छनोट खेलमा भएको विवादलाई लिएर तनाव बढेको छ । फिफा विश्वकप अन्तर्गत पेरुविरुद्धको खेलका क्रममा आफ्ना खेलाडीमाथि भएको दुर्व्यवहारप्रति भेनेजुएलाले भर्त्सना गरेको हो । पेरुको राजधानी लिमामा बुधबार भएको छनोट खेल एक-एक गोलको बराबरीमा सकिएको थियो । भेनेजुएलाका खेलाडी नाहुएल फरारेसीले खेल पछि आफ्ना समर्थकसँग हात मिलाउन खोज्दा पेरुका प्रहरीले उनलाई रोकेका थिए । स...

एमी डायरेक्टोरेट अवार्ड जित्ने पहिलो भारतीय महिला बनिन् एकता कपूर

एमी डायरेक्टोरेट अवार्ड जित्ने पहिलो भारतीय महिला बनिन् एकता कपूर
भारतीय टेलिभिजनकी रानी भनेर चिनिन्छन् निर्माता तथा निर्देशक एकता कपूर। उनले थुप्रै भारतीय टेलिशृंखला बनाइसकेकी छन्। टेलिभिजनदेखि फिल्मसम्म उनले धेरै नयाँ कथा बुनेकी छन्। उनले निर्देशन यात्रामा मेहेनेतसँगै सफलता पनि हासिल गरेकी छन्। उनले अन्तर्राष्ट्रिय रूपमा आफ्नो नाम राख्न सफल भएकी छन्। उनलाई 'अन्तर्राष्ट्रिय एमी डायरेक्टोरेट अवार्ड' बाट सम्मान गरिएको छ। उनलाई न्यूर्योक ५१ औं अन्तर्राष्ट्रि...

वि.सं.२०८० मंसिर ०७ गते बिहिबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० मंसिर  ०७ गते  बिहिबार  काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । पठनपाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नुहोला, मेहनत गर्दा सामान्य लाभ भइरहनेछ । वृष–रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यवसायमा लक्ष्यअनुसारको...

एकदिवसीय वरीयतामा विराट काेहली तेस्राे स्थानमा उक्लिए, बलिङतर्फ केशव महाराज शीर्ष स्थानमा

एकदिवसीय वरीयतामा विराट काेहली तेस्राे स्थानमा उक्लिए, बलिङतर्फ केशव महाराज शीर्ष स्थानमा
काठमाण्डाै – भारतका स्टार ब्याटर विराट काेहलीले आईसीसी एकदिवसीयकाे ब्याटिङ वरीयतामा एक स्थान सुधार गरेका छन् । आईसीसीकाे पछिल्लाे वरीयतामा काेहली चाैथाे स्थानबाट एक स्थान सुधार गर्दै तेस्राे स्थानमा उक्लिएका छन् । भर्खरै सकिएकाे एकदिवसीय विश्वकप क्रिकेटमा ७ सय ६५ रन बनाउँदै काेहली प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडी बनेका थिए । एकदिवसीय ब्याटिङ वरीयताकाे शीर्ष स्थानमा रहेका भारतकै ओपनर ब्या...

सगरमाथा क्षेत्रमा झण्डै दुई महिनादेखि जर्मन नागरिक बेपत्ता

सगरमाथा क्षेत्रमा झण्डै दुई महिनादेखि जर्मन नागरिक बेपत्ता
सोलुखुम्बु – सगरमाथा क्षेत्र भ्रमणमा आएका एक जर्मन पुरुष नागरिक झण्डै दुई महिनादेखि बेपत्ता हुनुभएकाे छ । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आउनु भएका डा साखर गएकाे गत असोज १७ गतेदेखि बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार असोज १७ गते एक्लै काठमाण्डौबाट जहाजमार्फत् लुक्ला ओर्लिएका ७६ वर्षीय गम त्यहाँबाट गोक्यो...

दोलखाको लामाबगर फलाक नाकाबाट ३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार

दोलखाको लामाबगर फलाक नाकाबाट ३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार
काठमाण्डौ – दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र त्यस बापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर सुन तस्...

डेढ अर्ब ऋण लिएर बनाएको चोभार सुक्खा बन्दरगाह मासिक ४ लाख ८० हजार रुपैयाँमै भाडामा

डेढ अर्ब ऋण लिएर बनाएको चोभार सुक्खा बन्दरगाह मासिक ४ लाख ८० हजार रुपैयाँमै भाडामा
काठमाण्डाै – डेढ अर्ब रुपैयाँभन्दा धेरै लागतमा बनेको काठमाण्डौको चोभार सुक्खा बन्दरगाह सरकारले निकै कम रकममा निजी कम्पनीलाई भाडामा दिएको छ । बन्दरगाहको व्यवस्थापन गरिरहेको इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धाबाट नेपाल फ्रेट सर्भिस जेभीलाई जम्मा दुई करोड ८८ लाख रुपैयाँमा पाँच वर्षका लागि भाडामा दिएको हो । विकास समितिले आह्वान गरेको ग्लोबल टेन्डरबाट बन्दरगाह सञ्चालनका लागि दुई वटा कम...

शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा

शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गएराति निषेधाज्ञाको आदेश जारी गर्दै यही ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने जनाएका हु...

इजरायल-हमास युद्धविराम कहिलेदेखि लागु ?

इजरायल-हमास युद्धविराम कहिलेदेखि लागु ?
काठमाडौं । डेढ महिना लामो युद्ध अस्थायी रुपमा रोक्दै एकअर्काले बन्धक बनाएकाहरुलाई रिहा गर्न इजरायल र हमासबीच सहमति भएको छ । इजरायल र हमासबीच वार्ताका लागि मध्यस्थता गरिरहेको कतारले आगामी २४ घण्टाभित्र युद्ध विरामको घोषणा हुने जानकारी दिएको छ । साथै यो युद्ध विराम थप लम्बिन सक्ने पनि कतारले जनाएको छ । इजरायल र कतारबीचको सहमतिअनुसार हमासले बन्दी बनाएकामध्ये पहिलो चरणमा ५० इजरायली बन्धक रिहा हु...

देशको विद्यमान अवस्था चित्रण गरिएको भिडियो ‘फूल्यो चमेली’ सार्वजनिक (भिडियो )

देशको विद्यमान अवस्था चित्रण गरिएको भिडियो ‘फूल्यो चमेली’ सार्वजनिक  (भिडियो )
काठमाडौं । चर्चित गायक स्वरुपराज आचार्य र गायिका रचना रिमालको सुमधुर स्वरमा रहेको गीत 'फूल्यो चमेली'को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मनमैजु साँस्कृतिक समाजको प्रस्तुतिमा गीतकार डा. कमलराज शर्माको शब्द र हरि लम्सालको कर्णप्रिय संगीत रहेको गीतको भिडियोमा लोकप्रिय कलाकार गौरव पहारी र उषा रजकको अभिनय रहेको छ । भिडियोमा देशको विद्यमान अवस्था र जीवन निर्वाहका लागि विदेशिएका नेपालीहरुको कारुणिक...