एमएम कप क्रिकेटमा आसामसँग कोशी प्रदेश फराकिलो अन्तरले पराजित
विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा पाहुना टोली भारतको आसाम क्रिकेट क्वल विजयी भएको छ ।
पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार भएको समुह वि अन्तरगतको दोस्रो लिग खेलमा आसामसँग आयोजक कोशी प्रदेश ९७ रन...














