ओसामा विन लादेन कसरी बनेका थिए कुख्यात आतंकवादी ?
मानिसहरु केवल दुई दृष्टिकोणबाट प्रख्यात हुन्छन्- कि राम्रो काम गरेर, कि खराब काम गरेर।
हतियार उठाएर कुख्यात आतंकवादी बनेका ओसामा विन लादेनले विश्वका शक्तिशाली देशहरुलाई समेत नराम्ररी प्रभाव पारे। उनलाई सबैले एक खतरनाक आतंकवादी भनेर चिने। तर, उनी कसरी आतंकवादी बने भन्नेबारे कमैलाई थाहा छ।
उनको वास्तविक पुरा नाम 'उसामा विन मोहम्मद विन अवाद विन लादेन' हो। उनको जन्म सन् १९५७ मार्च १० का दिन साउद...














