निजामती विधेयक : सहमति हुन नसकेका विषय शीर्ष नेतृत्वसँगको छलफलमा टुङ्ग्याउने
काठमाण्डाै – राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकमा सहमति हुन नसकेका विषयहरू शीर्ष नेतृत्वसँगको छलफलबाट टुङ्ग्याउने भएको छ ।
सिंहदरबारमा आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडाले शीर्ष नेतृत्वसँग छलफल गरेर सहमति हुन नसकेका विषयहरू टुङ्गो लगाउने जानकारी दिनुभएको हो । विधेयकलाई टुङ्गोमा पुर्याउन गठित उपसमितिको प्रतिवेदनमाथिको छलफल आज सकिएको...