आमाको सम्झनामा ऋचा शर्मा लेख्छिन् : म एक वर्षदेखि भोकी छु
काठमाडौं। नायिका ऋचा शर्माको आमाको निधन भएको एक वर्ष पुगेको छ। आमा रिनादेवीको गत वर्ष आजकै दिन ६७ वर्षको उमेरमा निधन भएको थियो।
आमाको निधनबाट आफू अझै पनि विक्षिप्त बनिरहेको ऋचाको भनाई छ। वार्षिक पुण्यतिथिमा सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा उनले आमा बित्दा आफ्नो सानो संसार एकाएक भताभुंग भएको बताइन्।
आमाको निधनले आफ्नो मुटुको एउटा कुना नै भत्किएको भन्दै उनले लेखेकी छिन्, “मलाई राम्ररी थाहा ...











