नवलको स्क्रिप्टमा छोरा हराएको कथादेखि धनी–गरिबको विभेदसम्म
सामाजिक कथालाई पर्दामा उतार्न सिपालु मानिन्छन् निर्देशक नवल नेपाल । ‘महशुश होस् या मारुनी, श्रीमान् होस् या भाग सानी भाग’, नवलको कथामा समाजमा देखिएका विभिन्न बिषय उठेका हुन्छन् । उनले, ‘मारुनी’मा उठाएको एक फरक बिषयले त सर्वत्र चर्चा पनि पायो ।
उनै, निर्देशक नेपालले लकडाउनको समयमा २ वटा चलचित्रको कथा लेखेका छन् । अहिले उनी तेश्रो चलचित्रको कथा बुनिरहेका छन् । नवलले यो समयमा करिब ४–५ भागको वेव सि...