काठमाडौं । अष्ट्रेलियामा बस्दै आएका गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सचिन सिंहको संगीत, होमनाथ न्यौपानेको शब्द छ । गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ ।गायक पराजुलीका ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’ जस्ता डान्सिङ नम्बरका गीत पछि उनको ‘आँखामा’ बोलको गीत सार्वजनिक भएको हो ।

सन्जिबको ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’ गीत पनि चलेका गीत हुन् ।भिडियोमा टेकेन्द्र शाहको निर्देशन छ । भिडियोमा रेम्बो अधिकारी र माला लिम्बु फिचर्ड छन् । भिडियोमा रामकुमार केसीको छायांकन र टेकेन्द्रकै सम्पादन तथा कलर ग्रेडिङ छ

तपाईको प्रतिक्रिया