काठमाडौँ – नेपाली कथानक चलचित्र “कालो बर्ष”को पहिलो पोष्टर आज सार्वजनिक भएको छ । निर्देशक लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेको छ ।योगिराम फिलिम्स्को प्रस्तुति रहेको यस चलचित्रको योगेन्द्र प्रसाद पनेरु र राम खड्काको सयुक्त लगानीमा निर्माण गरिएको हो ।

सुवास देवकोटाको सम्पादन रहेको यस चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ट’ ले चलचित्र बितरकको जिम्मा लिएका छन्

तपाईको प्रतिक्रिया